दफा २२
उपस्थित हुने, पैरवी र बहस गर्ने अधिकार
(१) वरिष्ठ अधिवक्ता तथा अधिवक्तालाई सर्वोच्च अदालत लगायत नेपालका जुनसुकै अड्डा, अदालत वा अधिकारीका समक्ष आफ्नो पक्षका तर्फबाट उपस्थित हुने, पैरवीगर्ने र बहस गर्ने अधिकार हुनेछ ।
(२)अभिवक्तालाई सर्वोच्च अदालत बाहेक नेपाल का अन्य अड्डा अदालत वा अधिकारकीका समक्ष आफ्नो पक्षका तर्फबाट उपस्थित हुने, पैरवी गर्ने वा बहस गर्ने अधिकार हुनेछ ।